सोमबार यी ११ कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशतसम्म

सोमबार यी ११ कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशतसम्म

काठमाडौँ : सोमबार नेप्से इन्डेक्स २ हजार ९ सय ३१ मा पुगेर बजार बन्दहुँदा ११ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सोमबार सूर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम् पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र अरुण काबेली पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सूर्यज्योति, हिमालयन लाइफ, जोशी, रसुवागढी, शुभम र भिजनको सेयर कारोबार १० प्रतिशतसम्म भएको थियो। सगरमाथा, हिमाल दोलखा र नेशनल हाइड्रोको ९.९९ बढ्यो।

कारोबार रकमका आधारमा सोमबार हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको यस दिन १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको ९२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम ८४ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशत बढेको छ। वित्त र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैङ्कको ३ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, होटेल तथा पर्यटन र निर्जीवन बिमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ।

सम्बन्धित समाचार

साउन २८, २०८१ सोमबार १६:०२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।