सेयर बजारमा अलटाइम हाइ रेकर्ड, दिनभरको कारोबार रकम २७ अर्ब २४ करोड

सेयर बजारमा अलटाइम हाइ रेकर्ड, दिनभरको कारोबार रकम २७ अर्ब २४ करोड

काठमाडौँ : सेयरको दोस्रो बजारमा सोमबार अलटाइम हाइ रेकर्ड बन्यो। आइतबार २५ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएको थियो। सोमबार त्यो रेकर्ड ब्रेक भएर २७ अर्ब २४ करोडको सेयर खरिदविक्री भयो।

 सोमबार नेप्सेमा ३३९ स्टकको २ लाख ८३ हजार ४७ पटकको कारोबारमा २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भयो।

सोमबार उतारचढावकाबीच नेप्से साढे २ प्रतिशत बढेर २९३१.६५ विन्दुमा बजार बन्द भयो। आइतबार साढे ९४ अंक बढेको नेप्से सोमबार  ७०.८१ अंक बढेको हो। सेन्सेटिभ इण्डेक्स १०.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०६ अंक बढेको छ।

साउन २८, २०८१ सोमबार १५:५१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।