५ एजेन्डामाथि छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

५ एजेन्डामाथि छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ। मंगलबार बिहान १०ः३० मा संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार बैठकमा पाँच एजेण्डामाथि छलफल हुनेछ। 

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक, राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ।

प्रस्तावित जलन सम्बन्धी गैरसरकारी  विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू सम्बन्धी, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि छलफल हुने बताइएको छ। 

साउन २७, २०८१ सोमबार १५:३२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।