२९ सय पार पुग्यो नेप्से सूचक, कारोबार रकममा नयाँ रेकर्ड राख्दै २७ अर्ब पुग्यो

काठमाडौँ : गत सातासम्म २८ सय टेक्न सङ्घर्षरत नेप्से परिसूचकले आइतबार त्यो लक्ष्य पार गरेर २९ सय को यात्रा सुरु गरेको थियो। सोमबार बजार बढ्दा परिसूचकले २ हजार नौ सयको अङ्क समेत पार गरेर २९३१ मा बन्द भयो। सोमबारको बजार २ हजार ९ सय ३६ अंकसम्म पुगेको थियो। तर कारोबारको अन्तिम समयमा बजारमा करेक्सन आएर २ हजार ९ सय ३१ मा बजार बन्द भयो।
सोमबारको बजार २८७६ विन्दुबाट सुरु भएको थियो। १२ बजेसम्मको कारोबारको नेप्से परिसूचक २९२४ मा पुगिसकेको थियो। ११ बजे २९२२ पुगेको नेप्सेमा करेक्सन आएर १० मिनेटमै २८९६ मा झरेर २८८५ सम्म पुग्यो। पुन उकालो लागेको परिसूचक २९०९ मा पुगेपछि बजार एक बजेतिर २८८८ मा झरेको थियो। त्यसपछि पुन उकालो लागेको परिसूचक २९०४, २९१४ हुँदै २९३६ सम्म पुगेको थियो। बजार २ हजार ९ सय २१ सम्म आएकोमा बन्दहुँदा २ हजार ९ सय ३१ मा पुग्यो।
आइतबार २५ अर्ब कारोबार रकमको रेकर्ड राखेर बजार बन्द भएकोमा सोमबार बजार २७अर्ब पार गरेर कारोबार रकममा नयाँ रेकर्ड बन्यो। सोमबारको कारोबारमा एक सय ७१ कम्पनीका लगानीकर्ताले कमाए। ६८ कम्पनीका लगानीकर्ताले गुमाए भने तीन कम्पनीको सेयर मूल्यमा कुनै फेरबदल भएन।
सोमबार हिमालयन लाइफ इन्स्योरेन्स, सूर्यज्योती लाइफ इन्स्योरेन्स, श्वेत गङ्गा हाइड्रोपावर, जोशी हाइड्रोपावर र शुभम पावर लिमिटेडको कारोबार १० प्रतिशतले बढ्यो। मध्यसोलु हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, नेशनल हाइड्रोपावर, सिटिजन सुपर म्युचल फण्ड र अंखुखोला जलविद्युत सबैभन्दा धेरै कमाउने कम्पनी भए।
कुथेली बुखारी हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै घट्यो। यसको सेयर मूल्य १० प्रतिशतले घट्यो। नेपाल फाइनान्स, गरिमा डिवेन्चर,मेगा म्युचल फण्ड र हिमालय लघुवित्तका लगानीकर्ताले सोमबारको बजारमा गुमाए।
साउन २८, २०८१ सोमबार १५:०८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।