तीन वटा फिल्म खेल्दा पनि गुमनाम बनेकी मलिकालाई ‘सतीदेवी’को भरोसा
काठमाडौं : फिल्म ‘यात्रा’बाट अभिनेत्रीमा डेब्यु गरेकी मलिका महतले चार वटा फिल्ममा काम गरिसकेकी छन्। उनले अभिनय गरेका फिल्ममा ‘पानीफोटो’,‘अगस्त्य’हुँदै प्रदर्शनमा आउन लागेको ‘सतीदेवी’ छ।
उनका तीन वटा फिल्मले न नाम कमाए, न दाम। यतिसम्म कि, तीनै फिल्मले मलिकालाई पनि गुमनाम बनाए।
तीन वटा फिल्म हेरिसकेका दर्शकले उनलाई नोटिस गर्ने धौधौ पर्यो भन्दा फरक नपर्ला। किनभने उनको न कतै चर्चा चल्यो न उनले धमाधम नै फिल्म पाइन्।
यहीमेसोमा फिल्ममा कताबाट काम पाइन्छ भन्ने बसेकी मलिकालाई लक्ष्मण सुवेदीको फिल्ममा अनुबन्ध भइन्। मलिकाले पनि यो फिल्मको सुरुवातमा खासै चासो दिएको देखिंदैन थियो। अहिले भने उनी प्रदर्शन मिति नजिकिदै गर्दा अन्तवार्ता दिन दौडधूप छिन्।
आगामी भदौ ७ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सतीदेवी’ के होला? अगाडिका तीन फिल्ममा जस्तै गुमनाम बनेकी मलिकालाई चौथो फिल्मले कति उकास्ला? हेर्न बाँकी छ।
तर, मलिकाले आफ्नो अभिनय निखार्नका लागि केही समयअघि नाटकसमेत खेलेकी थिइन्। अगाडि प्रदर्शनमा आएका तीन वटा फिल्मबाट अभिनयमा आलोचित बनेकी मलिका अभिनय सुधार्न मण्डला नाटकमा नाटक गरिन्।
यो नाटकमा तीन/चार वटा क्यारेक्टरको अभिनय गरेकी मलिकालाई चौथो फिल्मबाट अभिनयमा आलोचना त नहोला नि है!
साउन २७, २०८१ सोमबार १४:५८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।