पेरिस ओलम्पिकमा चीनकी झाङ युफेईले जितिन् सबैभन्दा बढी पदक

पेरिस ओलम्पिकमा चीनकी झाङ युफेईले जितिन् सबैभन्दा बढी पदक

एजेन्सी : जुलाई २६ मा फ्रान्सको राजधानी पेरिसमा भर्खर सकिएको ओलम्पिकमा चीनका झाङ युफेईले सबैभन्दा बढी पदक जितेकी छन्। उनले ६ पदक जितिन्।

पेरिस ओलम्पिकको वेबसाइटका अनुसार झाङले पौडीमा यी पदक जितेकी हुन्। उनले ५ कास्य र १ रजत पदक जितेकी छन्।

फ्रान्सका लियोन मार्चान्ड दोस्रो स्थानमा छन्। उनले ५ पदक जितेका छन्। लियोन पनि पौडी खेलाडी हुन्। उनले ४ स्वर्ण र १ कास्य पदक जितेका छन्।

पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका १२६ पदक (४० स्वर्ण, ४४ रजत र ४२ कांस्य) सहित शीर्ष स्थानमा छ भने चीन ९१ पदक (४० स्वर्ण, २७ रजत र २४ कास्य) सहित दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा रहेको जापानले कुल ४५ पदक जितेको छ जसमध्ये २० स्वर्ण छन्। कुनै पदक नपाएका करिब ११४ देश छन्।

साउन २८, २०८१ सोमबार १३:३४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।