नेप्से २९ सय पार, टेक्ला ३ हजार?

नेप्से २९ सय पार, टेक्ला ३ हजार?

काठमाडौँ : २८ सय टेक्न सङ्घर्षरत नेप्से परिसूचकले आइतबार त्यो लक्ष्य पार गर्यो। सोमबारको बजारले बुलिस ट्रेन्ड कायम राख्दै २८ सय पार कटेको छ। अझैँ कारोबारको समय चार घण्टा बाँकी छ।

१२ बजेसम्मको कारोबारको नेप्से।परिसूचक २९२४ मा पुगिसकेको छ। ११ बजे २९२२ पुगेको नेप्सेमा करेक्सन आएर १० मिनेटमै २८९६ मा झरेको थियो। पुन उकालो लागेको परिसूचक २९२४ मा पुग्यो।

१२ बजेसम्मको कारोबारमा ९ अर्बको कारोबार भइसकेको छ भने १९४ कम्पनीको सेयर बढेको छ। ४४ वटा कम्पनीको घटेको छ। जलविद्धुत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ। 

साउन २८, २०८१ सोमबार १२:२२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।