हिमालय एअरलाइन्स्ले कुवेतमा पुनः उडान सुरु गर्ने

हिमालय एअरलाइन्स्ले कुवेतमा पुनः उडान सुरु गर्ने

काठमाडौं : हिमालय एअरलाइन्स्ले आउँदो अगस्ट २०, २०२४ देखि कुवेतमा आफ्नो सीधा उडान पुनः सुरु गर्दैछ।

कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै एअरलाइन्स्ले आफ्नोे सीधा उडान पुनः सुरु गर्न लागेको हो।

यसैगरी, पुनः सुरु गरिने उडानले दुई राष्ट्रका नागरिक-नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने कम्पनीको विश्वास छ।

ग्राहक अनुभवलाई सुदृढ बनाउन कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेको छ।

सुरूमा हप्तामा एक उडान मात्र गर्ने कम्पनीले माग भएसँगै थप्दै लैजाने योजना छ। पहिलो उडान काठमाडौंबाट मध्यरात १२ बजेर ४० मिनेटमा उड्ने जहाज स्थानीय समयअनुसार कुवेत विहान ३ बजेर १५ मिनेटमा पुग्नेछ।

त्यसैगरी कुवेतबाट स्थानीय समय बिहान ०४ बजेर १५ मिनेटमा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११ बजेर ५० मिनेटमा काठमाडौं अवतरण हुने कम्पनीले जनाएको छ।

साउन २७, २०८१ सोमबार १२:१३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।