सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प जारी

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प जारी

काठमाडौं : नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले तीन दि ‘मनसुन  फ्री  सर्भिस क्याम्प’को आयोजना गरेको छ।

लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले  विभिन्न समस्याको सम्भावना हुने कम्पनीले जनाएको छ।

सुजुकी ग्राहकलाई यो विषयमा जानकारी गराउन र उहाँहरूको गाडीलाई राम्रो अवस्थामा राखिराख्न क्याम्प सञ्चालन हुन लागेको पनि कम्पनीले जनाएको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै ७  जना भाग्यमानी ग्राहकहरूले आकर्षक एसोसरिज प्याकेज पनि जित्न सकिनेछ।

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन्।

त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्मको छुट पाउनुहुनेछ भने लेवर चार्जमा २० प्रतिशतसम्मको छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउनेछन्।

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ। ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ।

साउन २७, २०८१ सोमबार ११:५१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।