जगदम्बा मोटर्स र पोस्टामले एक सय जना कन्टेन्ट क्रिएटरलाई एक सय वटा टिभिएस एन्टर्क स्कुटर पुरस्कार दिने
काठमाडौं : जगदम्बा मोटर्स नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ।
प्रतियोगिताको मुख्य उद्देश्य नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो कला देखाउँदै रोमाञ्चक पुरस्कारहरू जित्न प्रोत्साहन गर्ने रहेको कम्पनीले जनाएको छ। उक्त प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुनेछ।
अन्य सोसल मिडिया प्ल्याटफर्महरू भन्दा भिन्न रहेको पोस्टाममा प्रयोगकर्ताहरूले सूचना आदान–प्रदान गर्न, मानिसहरुसँग कनेक्ट हुनुका साथै आफ्नो कन्टेन्टलाई मनिटाइज गरेर नियमित पोस्टहरु मार्फत पनि आम्दानी गर्ने अवसरहरू प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार यो प्रतियोगिता एक ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरहरूको लागि सबै भन्दा ठूलो पुरस्कार राशी रहेको प्रतियोगिता हो।
टिभिएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले यस प्रतियोगिताको लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको बताए। प्रतियोगिता कन्टेन्ट क्रिएटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने उनको भनाइ छ।
त्यस्तै पोष्टमका प्रमुख कार्यकारी अधिकृत र सह-संस्थापक रोनिश दाहालले प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नो करियरको रूपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई मद्दत गर्ने समेत विश्वास व्यक्त गरे।
कन्टेन्टको क्वालिटी र इङ्गेजमेन्टको आधारमा टप १०० जना छनोट हुने आयोजकले जनाएको छ। पोस्टामले आवश्यक कन्टेन्ट थिमको बारेमा गिग फिचरमार्फत स्पष्ट निर्देशनहरू प्रदान गर्नेछ।
साउन २७, २०८१ सोमबार ११:४०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।