बैंग्लोर उड्यो राष्ट्रिय क्रिकेट टोली, एनसीएमा १५ दिन प्रशिक्षण गर्ने

बैंग्लोर उड्यो राष्ट्रिय क्रिकेट टोली, एनसीएमा १५ दिन प्रशिक्षण गर्ने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको बैंग्लोर उडेको छ।

आईसीसी विश्वकप क्रिकेट लिग२ को क्यानडा सिरिजअघिको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली बैंग्लोर प्रस्थान गरेको हो।

बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)मा उनीहरूले दुई साताको प्रशिक्षण गर्नेछन्। त्यो प्रशिक्षणले खेलाडीहरूको सीप र रणनीतिलाई तिखार्ने क्यानको विश्वास छ।

एनसीए भारतको राष्ट्रिय टिमका खेलाडीहरूको प्रशिक्षणको मुख्य थलो हो।

टोलीलाई सोमबार विहान नेपाल क्रिकेट संघले बिदाइ गरेको छ। टोलीमा प्रारम्भिक चरणमा छानिएका २२ मध्ये १९ खेलाडी सहभागी छन्।

कप्तान रोहित पौडेल, लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी भने ग्लोबल टी२० लिगमा सहभागी हुन क्यानडामा छन्।

१८ अगस्टदेखि सुरु हुने म्याक्स ६० क्यारेबियन टी१० लिगमा  कप्तान पौडेल मियामी लायन्सबाट र अलराउन्डर ऐरी ग्र्यान्ड केम्यान स्टिङरेजबाट खेल्दैछन्। त्यसका लागि क्यारेबियन देश जान्छन् वा भारत फर्कन्छन् त्यो भने अहिलेसम्म पक्का भइसकेको छैन।

मुख्य प्रशिक्षक मोन्टी देसाइले टोलीलाई बैंग्लोरमै भेट गर्नेछन्। उनी अमेरिकाबाट प्रशिक्षणका लागि भारत पुग्दैछन्।

लिग २ का लागि भनेर नेपाल क्रिकेट संघले २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो।

यस्तो छ नेपालको २२ सदस्यीय प्रारम्भिक टोलीः-

साउन २७, २०८१ सोमबार ०९:३४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।