बिहारको मन्दिरमा मध्यराति भागदौड मच्चिँदा सात जनाको मृत्यु, १० भन्दा बढी घाइते

बिहारको मन्दिरमा मध्यराति भागदौड मच्चिँदा सात जनाको मृत्यु, १० भन्दा बढी घाइते
मन्दिरमा भागदौड हुँदा भाग्न सफल स्थानीय

एजेन्सी : नेपालसँग सीमा जोडिएको भारतको उत्तरी राज्य बिहारको जेहानाबाद जिल्लास्थित बाबा सिद्धेश्वर नाथ मन्दिरमा सोमबार भागदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ।

राति १२ देखि साढे १२ बजेको बीचमा भएको घटनामा १० भन्दा बढी मानिस घाइते भएका छन्।

जेहानाबादका उपविभागीय अधिकारी विकास कुमारले घटनाको पुष्टि गर्दै अवस्थाको अध्ययन गरिरहेको बताएका छन्।

उनले भारतीय मिडियासँग भने, ‘हामी अवस्थाको अध्ययन गरिरहेका छौं। अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। १० भन्दा बढी घाइते छन्।’

प्रहरी अधिकारीका साथै जिल्ला शीर्ष अधिकारीहरू घटनास्थलमा पुगेका छन्। उनीहरूले घटनालाई नजिकबाट नियालिरहेको बताएका छन्।

मृतकको सनाखतको काम भइरहेको छ। भने ती वरिष्ठ अधिकारीले मृतकका परिवारलाई भेटिरहेका छन्।

घाइतेहरूको जेहानाबाद सदर र मखदुमपुर सदर अस्पतालमा उपचार भइरहेको छ। घटना मखदुमपुर प्रहरी चौकी क्षेत्रमा भएको हो।

साउन २७, २०८१ सोमबार ०९:१६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।