४९ वर्षकी ‘माता’ले २३ वर्षको प्रेमीलाई विवाह गर्न दबाब दिँदा हत्या, मोवाइलसहित समातिए प्रेमी

४९ वर्षकी ‘माता’ले २३ वर्षको प्रेमीलाई विवाह गर्न दबाब दिँदा हत्या, मोवाइलसहित समातिए प्रेमी

काठमाडौँ : रुकुम पश्चिममा आफ्नै कोठामा शव फेला परेकी ४९ बर्सिया सुशीला मल्लको हत्यामा संलग्न रहेको आरोपमा २३ वर्षीय प्रेम मल्ल पक्राउ परेका छन्। प्रहरीको प्रारम्भिक दाबी अनुसार दुई सन्तानकी आमा अनि स्थानीय क्षेत्रमा ‘माता’को रूपमा परिचित सुशीलाले विवाह गर्न दबाब दिएपछि उनले हत्या गरेको उल्लेख छ।

जाजरकोटको रिम्ना मेलामा यी दुबैबीच डेढ वर्ष अगाडि भएको भेटघाट प्रेममा बदलिएको र ६ महिनादेखि उनीहरू निकट सम्बन्धमा रहेको प्रहरीको दाबी छ।

१५ वर्ष अगाडि सुशीलाको श्रीमानको मृत्यु भएपछि उनी एकल महिलाको रूपमा बस्दै आएकी थिइन्। उनका दुई सन्तान भए पनि दुवै हुर्किएर एक जना भारत र अर्को दुबईमा गएका छन्। उनी घरमा एक्लै थिइन्।

पछिल्लो समय प्रेम सुशीलाको घरमै गएर बस्ने गरेका थिए। उनी सुशीलाको घरमा आउजाउ गर्ने गरेको वरपर छिमेकमा हल्ला हुन थालेपछि सुशीलाले अब विवाह गर्न दबाब दिएकी थिइन्।

सुशीलाले विवाह गर्न बारम्बार दबाब दिएपछि प्रेम उनको घरमा गएर बसे। दुई दिन सँगै बसेका प्रेमले साउन २२ राती फलामको तावा, सिलौटाले हानेर हत्या गरेर फरार भएका थिए।

प्रहरीले सुशीलाको कोठामा शव फेला पारेको थियो। प्रहरी हिरासतमा रहेका प्रेमविरुद्ध अनुसन्धान गर्न प्रहरीले अदालतबाट पाँच दिनको म्याद पाएको छ।

साउन २६, २०८१ आइतबार १९:५१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।