प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ : नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। आइतबार प्रधानमन्त्री ओली र मिस्रीबीत सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो।

दुबैबीचको भेटमा नेपाल र भारतबीचको सम्बन्ध र सहकार्यबारे छलफल भएको थियो। उनी परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन्।

ओलीसँग भेट्नु अगाडि राष्ट्रपति रामचन्द्र पौडेल र मिस्रीबिच शीतल निवासमा भेटवार्ता भएको थियो।

साउन २६, २०८१ आइतबार १८:१९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।