१८ महिने भतिजीको हत्या आरोपमा काका पक्राउ

१८ महिने भतिजीको हत्या आरोपमा काका पक्राउ

काठमाडौं : सुनसरीमा भतिजीको हत्या आरोपमा काका पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५, पचरुखीका ३० वर्षीय शालिग्राम लुइँटेल छन् ।

आफ्नो दाइ नवराज लुइँटेलकी १८ महिनाकी छोरी आइन्सुको हत्या गरेको उनीमाथि आरोप छ।  

शालिग्रामले आइन्सुको हत्या गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो। 

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

साउन २६, २०८१ आइतबार १३:४५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।