सोलुखुम्बुमा करेन्ट लागेर विद्युत कम्पनीका एक कर्मचारीको मृत्यु, ३ जना घाइते

सोलुखुम्बुमा करेन्ट लागेर विद्युत कम्पनीका एक कर्मचारीको मृत्यु, ३ जना घाइते

काठमाडौं : सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर एकजना विद्युतका कर्मचारीको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा सल्लेरी च्याल्सा विद्युत कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राई छन्। 

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार शनिबार दिउँसो विद्युतका तार आसपासका रुख काटछाट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको हो।

घाइते भएका विद्युत कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत सोलुदुधकुण्ड नगरपालिका–६ का ३० वर्षीय वुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीको रुपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीय टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ।  

साउन २६, २०८१ आइतबार १२:१२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।