भारतको सरकारी अस्पतालमा डाक्टरको बलात्कारपछि हत्या, दोषीलाई मृत्युदण्ड दिने मुख्यमन्त्रीको आश्वासन

भारतको सरकारी अस्पतालमा डाक्टरको बलात्कारपछि हत्या, दोषीलाई मृत्युदण्ड दिने मुख्यमन्त्रीको आश्वासन

एजेन्सी : भारतको कोलकत्तास्थित सरकारी अस्पतालकी एक डाक्टरको बलात्कारपछि हत्या भएपछि सरकारी डाक्टरहरू आन्दोलित भएका छन्। 

कोलकात्ताको सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला डाक्टरको बलात्कारपछि हत्या भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

अस्पतालको चौथो तलामा रहेको सेमिनार हलमा उक्त महिला चिकित्सकको बलात्कारपछि हत्या भएको अबस्थामा शव भेटिएको थियो। 

उक्त घटनापछि राज्यका सबै सरकारी अस्पतालका चिकित्सकहरूले दोषीलाई कडा कारबाही गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले सम्पूर्ण काम ठप्प पारेका छन्। 

सीसीटीभी फुटेजको सहयोगमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। तर, उनको परिचय खुलाइएको छैन। 

मुख्यमन्त्री ममता बनर्जीले मृतक चिकित्सकका परिवारलाई भेटेर दोषीलाई मृत्युदण्ड दिने आश्वासन दिएकी छन्।  

घटनाको छानबिन गर्न सरकारले ११ सदस्यीय समिति गठन गरेको छ। 

साउन २६, २०८१ आइतबार १०:०१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।