बौलाहा खोलाको दलदलमा फस्दा ११ वर्षीय बालकको मृत्यु

बौलाहा खोलाको दलदलमा फस्दा ११ वर्षीय बालकको मृत्यु

काठमाडौं : दाङको बौलाहा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।

शान्तिनगर गाउँपालिका- २ का  ११ वर्षीय अनिश बिष्टको डुबेर मृत्यु भएको हो। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित बौलाहा खोलामा नुहाउन भनेर शनिबार उनीसहित तीन जना बालकहरू गएका थिए।

बाँध बाँधेको नयाँ ठाउँमा नुहाउन पसेका अनिशलाई लेदोमाटोसहितको दलदलले पुरेको थियो। 

त्यसपछि उनका साथीहरूले स्थानीयलाई खबर गरेपछि घटनास्थल ती बालकलाई उद्धार गरिए पनि त्यहीबेला उनको मृत्यु भइसकेको थियो।  

साउन २६, २०८१ आइतबार ०९:४५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।