१२ वर्षपछि ओलम्पिक महिला फुटबलमा स्वर्ण जित्यो अमेरिकाले!
काठमाडौं : अमेरिकाले फाइनलमा ब्राजिललाई १–० ले हराउँदै पेरिस ओलम्पिक–२०२४ अन्तर्गत महिला फुटबलको स्वर्ण पदक जितेको छ।
फ्रान्सको पेरिसस्थित पार्क डे प्रिन्सेसमा भएको खेलमा अमेरिकालाई जित दिलाउन मालोरी स्वान्सनले निर्णायक गोल गरिन्। स्वान्सनले ५७ औँ मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रतामा राखेकी थिइन्।
महिला फुटबलमा अमेरिकाले जितेको यो पाँचौँ ओलम्पिक स्वर्ण हो। अमेरिकाले यसअघि सन् १९९६, २००४, २००८ र २०१२ मा ओलम्पिक स्वर्ण जितेको थियो।
उपविजेतामा चित्त बुझाएको ब्राजिलले रजत पदक जितेको छ।
साउन २७, २०८१ आइतबार ०९:१९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।