माओवादीको स्थायी कमिटीको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी

माओवादीको स्थायी कमिटीको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी

काठमाडौं : माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ। 

बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ। 

बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। 

बैठकमा नेताहरूले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने छ।  

यसअघि शनिबार बसेको बैठकमा आन्दोलनका स्वरूप बनाई नयाँ ढंगबाट जनतामा जानेबारेमा अध्यक्ष पुष्पकमल दाहालले निर्देशित गरेका थिए।  

साउन २६, २०८१ आइतबार ०८:५४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।