पेरिस ओलम्पिकमा अमेरिकालाई उछिन्यो चीनले

पेरिस ओलम्पिकमा अमेरिकालाई उछिन्यो चीनले

काठमाडौं : फ्रान्सको पेरिसमा जारी ओलम्पिक प्रतिस्पर्धामा अमेरिकालाई पछाडि पार्दै स्वर्ण पदकमा चीनले अग्रता लिएको छ। अहिले चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्णसहित पछ्याइरहेको छ।

शुक्रबार रातिसम्मका खेल सकिँदा अमेरिका र चीनले समान ३३–३३ स्वर्ण जितेका थिए। स्वर्णको एक पदकले पछाडि परेको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ नै कास्यसहित १२२ पदक जितेको छ। 

चीनले भने ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ। स्वर्णमा चर्को प्रतिस्पर्धा देखिए पनि पदक तालिकामा भने अमेरिका धेरै अगाडि छ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण पदक जितेको छ भने चौथो स्थानको जापानले समान १८ वटा स्वर्ण जितेको छ। 

आयोजक फ्रान्सले १६ स्वर्ण जितेको छ भने यूकेले १४ स्वर्ण जित्दा दक्षिण कोरिया र नेदरल्यान्ड्सलेसमेत समान १३–१३ स्वर्ण जितेका छन्। 

जर्मनी १२, इटली ११ स्वर्णसहित नवौं र १० औं स्थानमा छन्।

साउन २७, २०८१ आइतबार ०८:२८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।