नेपाल-भारत सम्बन्धलाई थप सुदृढ गर्न आज नेपाल आउँदैछन् भारतीय विदेश सचिव मिश्री

नेपाल-भारत सम्बन्धलाई थप सुदृढ गर्न आज नेपाल आउँदैछन् भारतीय विदेश सचिव मिश्री

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछन्। 

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ। 

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। 

उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

साउन २६, २०८१ आइतबार ०८:०२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।