बाख्राको खोरभित्र भेटियो ८ केजीको अजिंगर

बाख्राको खोरभित्र भेटियो ८ केजीको अजिंगर

काठमाडौं : कञ्चनपुरका किसान सुनील डगौराको बाख्राको खोरभित्र अजिंगर भेटिएको छ। 

शुक्लाफाँटा नगरपालिका-२ स्थित बाख्राको खोरमा आठ केजी तौल र लम्बाइ तीन मिटर बढी भएको अजिंगरको फेला परेको वडा सदस्य डबलबहादुर ऐरले बताए।

'अजिंगर बाख्राको खोरभित्र रहेको जानकारी प्राप्त हुनासाथ सुरक्षित साथ समातेर बोरामा राख्यौं,' उनले भने, 'शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अजिंगर फेला परेको जानकारी दियौं।'

त्यसपछि निकुञ्जका कर्मचारीले उद्धार गरिएको अजिंगरलाई निकुञ्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन्।

अजिंगर सनवोरा नदी हुँदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुनसक्ने स्थानीय बासिन्दा हरिदत्त भट्टले बताए। 

साउन २५, २०८१ शनिबार २१:४३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।