सिमसिमे पानीमा चिप्लिएर बस दुर्घटना हुँदा १३ जना घाइते

सिमसिमे पानीमा चिप्लिएर बस दुर्घटना हुँदा १३ जना घाइते

काठमाडौं : तनहुँमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। 

आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो।

लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग१ज ८२९४ नम्बरको विद्युतीय माइक्रोबस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा४ख ४४७० नम्बरको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिएका थिए।

घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। 

बिहानदेखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएको हो।

साउन २५, २०८१ शनिबार २१:१८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।