सर्लाहीमा १९ वर्षीय किशोर मृत भेटिए, हत्या आशंकामा युवती प्रहरी नियन्त्रणमा

सर्लाहीमा १९ वर्षीय किशोर मृत भेटिए, हत्या आशंकामा युवती प्रहरी नियन्त्रणमा

काठमाडौं : सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा एक युवक मृत फेला परेका छन्। 

गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा १९ वर्षीय मुन्ना साह मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए। 

उनले मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान गर्ने बताए। 

घटनाका विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको छ।  

साउन २५, २०८१ शनिबार २१:०३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।