लिभ-इन टुगेदरमा रहेको प्रेमीले बिहे गर्न नमानेको भन्दै माइतीघरको पोल चढेपछि...

लिभ-इन टुगेदरमा रहेको प्रेमीले बिहे गर्न नमानेको भन्दै माइतीघरको पोल चढेपछि...

काठमाडौं : दुई वर्षदेखि प्रेममा रहेको केटाले बिहे गर्न नमानेको भन्दै एक महिलाले काठमाडौंको माइतीघरमा आत्महत्याको प्रयास गरिन्। तर, माइतीघरस्थित राष्ट्रिय झन्डा राखिएको पोलमाथि चढेर आत्मदाह गर्ने प्रयास गरेको देखेपछि उनलाई प्रहरीले उद्धार गरेको छ।

शनिबार दिउँसो जुम्ला घर भएकी तारा शाही ‘हाम फालेर मर्छु’ भन्दै पोलमाथि चढेकी थिइन्। लिभ-इन टुगेदरमा रहेका उनका प्रेमीले विवाह गर्न अस्वीकार गरेपछि उनी विगत एक महिनादेखि माइतीघरमा विरोध गर्दै आएकी थिइन्।

शाहीले झन्डा पोलमा चढेर हाम फाल्ने प्रयास गरिन्। आफ्ना कुरा कसैले नसुनेको भन्दै उनले हामफाल्न पोल चढेकी हुन्।

प्रहरी तत्कालै घटनास्थलमा पुगेका थिए। तर, उनले झर्न अस्वीकार गरेपछि महिला प्रहरीको सहयोगमा उनको उद्धार गरिएको हो।

उनी पाेलबाटै हामफाल्ने डरले उनलाई डोरीले बाँधेर सुरक्षित रूपमा तल झारिएको प्रहरीले जनाएको छ।  

साउन २५, २०८१ शनिबार २०:३९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।