मनमोहन कार्डियो सेन्टरको छतबाट हाम फाल्दा २१ वर्षीय युवकको मृत्यु

मनमोहन कार्डियो सेन्टरको छतबाट हाम फाल्दा २१ वर्षीय युवकको मृत्यु

काठमाडौं : त्रिवि शिक्षण अस्पतालसँगैको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम फालेर घाइते भएका एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोकर्णेश्वर ४ बस्ने वर्ष २१ को स्वरूपराज आचार्य रहेका छन्। 

आचार्यले आज दिउँसो ३ बजेतिर भवनको छैटौं तलामा रहेको एस क्याफेको छतको रेलिङ बाट हाम फालेका थिए।

गम्भीर घाइते भएका आचार्यको इमरजेन्सीमा भर्ना गरेर उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार एस क्याफेमा कफी पिएर बसेको र केहीबेरमा हाम फालेको खुलेको छ। 

साउन २५, २०८१ शनिबार १८:३३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।