अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं : सुनसरीको धरान उपमहानगरपालिका–५ सेउती पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय बसन तामाङ र धरान उपमहानगरपालिका–१५ बस्ने २६ वर्षीय रूपेश तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गर्यो। 

सुनसरीकै दुहवी नगरपालिका–५ फुटबल चोकबाट अवैध लागूऔषध गाँजा करिब ३९ किलो १ सय ग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका–९ बस्ने २३ वर्षीय राम बहादुर राईलाई शुक्रबार बेलुकी पक्राउ परे। उक्त स्थानमा खटिएको प्रहरीले इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बा.५७ प १२२४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा बोरा र झोलामा राखिएको ३६ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी चालक राईलाई पक्राउ गरिएको हो।

दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ४० मिलिग्राम, नगद ४ हजार ८ सय ३० रूपैयाँ र मोबाइल १ थान सहित सोही उपमहानगरपालिका–१० सर्वेश्वरी टोल बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

सर्लाहीको लालबन्दी नगरपालिका–१३ बाहुन्नेबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही नगरपालिका–१४ बस्ने २५ वर्षीया रूप बहादुर थिङ समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गर्यो। 

मोरङको पथरी शनिश्चरे नगरपालिका–१ बजार लाईनस्थित निर्माणाधिन घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सुजन गुरूङ समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। 

मोरङकै पथरी शनिश्चरे नगरपालिका–३ आदर्श टोल बस्ने ३८ वर्षीय निगु दोर्जे तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले उनकै घरबाट पक्राउ गर्यो। 

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१७ पिपरहियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका–५ बसहिया बस्ने ४० वर्षीय अनिल कुमार कुर्मी र ५४ वर्षीय फेकु पासी छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रूपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त टोलीले युपि ५७ एच ८६६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

पर्साको जगरनाथपुर गाउँपालिका–४ सोपुरबाट अवैध लागूऔषध गाँजा १७ किलोग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही गाउँपालिका–२ दसौता टोल बस्ने ६० वर्षीय लक्ष्मण राउत र भारत बिहार राज्य घर भएका २० वर्षीय नयाज आलम छन्। 

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले लक्ष्मणको साथबाट ९ किलो र नयाजको साथबाट ८ किलो गाँजा फेला पारी पक्राउ गरेको हो। सोही स्थानमा प्रहरीलाई देखि १ जना पुरूषले ५ किलोग्राम गाँजा फाली फरार भएका थिए। 

प्रहरीले उक्त गाँजा बरामद गरी हाल फरार व्यक्तिको खोजी गरिरहेको छ।  

साउन २५, २०८१ शनिबार १८:०६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।