बुटवलमा गोरुले कुल्चिएर ४५ वर्षीय महिलाको मृत्यु

बुटवलमा गोरुले कुल्चिएर ४५ वर्षीय महिलाको मृत्यु

काठमाडौं : बुटवलकाे गाेलपार्कमा गाेरुले कुल्चिएर ४५ वर्षीय महिलाको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ३ गाेलपार्कमा चिया तथा खाजा पसल सञ्चालन गर्दै आएकी सीता पाण्डेकाे गाेरुले कुल्चिएर ज्यान गएकाे प्रहरीले जनाएको छ। 

यही साउन २० मा साँझ गाेलपार्कस्थित सडकमा पैदल हिँडिरहेकी पाण्डेलाई गाेरुले कुल्चिएर गम्भीर घाइते बनाएको थियो।

‘सडकमा पैदल हिँड्नु भएकाे रहेछ त्यही बेला दुई वटा साँढे जुध्दै आएका रहेछन्, जुधेकाे साँढेमध्ये एउटा भागेर जाने क्रममा उहाँलाई कुल्चेर घाइते बनाएकाे रहेछ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले भने।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा पाण्डेको मृत्यु भएकाे प्रहरीले जनाएको छ।

साउन २५, २०८१ शनिबार १७:१०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।