‘दलितलाई मन्त्री खै?, ‘दलितलाई बजेट खै?, ‘दलितलाई राजदूत खै?’

‘दलितलाई मन्त्री खै?, ‘दलितलाई बजेट खै?, ‘दलितलाई राजदूत खै?’
तस्बिर : नयाँ पत्रीका

काठमाडौं : राज्यका विभिन्न निकायमा दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। 

सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई पनि सहभागी गराउनुपर्ने मागसहित दलितका लागि दलित अभियान, नेपालको आह्वानमा माइतीघरमा प्रदर्शन गरिएको हो।

उनीहरूले ‘दलितलाई मन्त्री खै?’, ‘दलितलाई बजेट खै?’, ‘दलितलाई राजदूत खै?’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। 

प्रदर्शनकारीरूले राज्यका विभिन्न निकायमा दलित समुदायलाई घृणा गरिएको बताए। 

दलित समुदायको हक–अधिकार स्थापित गर्न पनि राज्यका निकायमा आफूहरूको उपस्थिति हुनैपर्ने उनीहरूको माग छ।

साउन २५, २०८१ शनिबार १५:३५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।