नेपाल बिग्रिएको छ, हाम्रै कारणले हो : प्रधानमन्त्री ओली

नेपाल बिग्रिएको छ, हाम्रै कारणले हो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अरूलाई देखाउनको लागि गरिने काम सहयोग नभएको भन्दै परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्ने बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित लायन्स इन्टरनेसनलको जिल्ला पदस्थापन समारोहमा उनले निःस्वार्थ भावनाका साथ गरेको काम नै सहयोग भएको बताए। 

उनले भने, ‘कसैले देख्यो कि देखेन भनेर सानो सहयोग गरेर फोटो खिचेर सामाजिक सञ्जालमा राखेर गरेको काम सहयोग होइन। परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्छ।’

उनले यो संस्थाले सेवा दिने क्रममा कसैको जात, देश, धर्म केही नसोध्ने भन्दै सबैलाई सद्भाव र समृद्धिको भावले यसले सहयोग गर्ने बताए। 

देश राम्रो छ तर मानव र समाज नै बिग्रिएको भन्दै आजको अवस्थामा मानवताको आवश्यकता भएको पनि उनको भनाई छ। 

उनले भने, ‘नेपाल बिग्रिएको छ, हाम्रै कारणले हो। प्रकृति कति राम्रो छ हेर्नुस् न हाम्रो नेपालमा। यत्ति राम्रो देश संसारमा पाइदैन, त्यस्तो राम्रो छ हाम्रो यो देश। विग्रिएको नेपाली समाज हो।’ 

साउन २५, २०८१ शनिबार १४:२१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।