‘काभा बिच भलिबल’मा दोस्रो हुने राष्ट्रिय खेलाडीलाई सम्मान
ललितपुर : सैबु भलिबल क्लबले भलिबल खेलका राष्ट्रिय टीमका कप्तान मानबहादुर श्रेष्ठ र राष्ट्रिय खेलाडी दीलबहादुर सुनारलाई सम्मान गरेको छ।
भुटानको थिम्पुमा अगष्ट १ देखि ३ तारिखमा सम्पन्न ‘काभा बिच भलिबल’ प्रतियोगितामा दोस्रो भएका दुई खेलाडीलाई सम्मान गरेको हो।
प्रतियोगितामा कप्तान श्रेष्ठ र सुनारको जोडीले प्रतिस्पर्धा गरेका थिए। सो प्रतियोगितामा माल्दिभ्सले पहिलो स्थान हासिल गरेको थियो।
सम्मानित मध्ये राष्ट्रिय खेलाडी एवं कप्तान श्रेष्ठ सैंबु भलिबल क्लबका कार्यकारी सदस्य हुन्। सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय कप्तान श्रेष्ठले सम्मानले भर्खरै खेलिरहेका खेलाडीलाई समेत प्रोत्साहन मिल्ने बताए।
साउन २६, २०८१ शनिबार १२:५३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।