नेपालको पर्यटनसँग विश्वले प्रतिस्पर्धा गर्न सक्दैन : राज्यमन्त्री चौधरी

नेपालको पर्यटनसँग विश्वले प्रतिस्पर्धा गर्न सक्दैन : राज्यमन्त्री चौधरी

कैलाली : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले नेपालको विकासको प्रमुख आधार पर्यटन भएको बताएका छन्।

थारु समुदायले मनाउने कार्यक्रम गुरही पर्वको अबसरमा कैलालीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्न पुगेका राज्यमन्त्री चौधरीले नेपालका पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्नुपर्ने बताएका हुन्।

राज्यमन्त्री चौधरीले भने, ‘नेपालको जस्तो अनौठो र विविधताले भरिएको संस्कृति विश्वका कुनै देशमा छैनन्। नेपालको जस्तो सुन्दर र रमणीय पर्यटकीय गन्तव्य अन्य कुनै देशमा छैन्। त्यसैले विश्वका कुनै पनि देशले नेपालको पर्यटनसँग प्रतिस्पर्धा गर्न सक्दैन।’

यहाँको पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने र देशको आर्थिक सम्बृद्धि हुने राज्यमन्त्री चौधरीको तर्क छ।

‘अब हामीले यहाँको हरेक पर्यटकीय गन्तव्यको पहिचान, त्यसको प्रबद्र्धन, संरक्षण र प्रचारप्रसार गर्नुका साथै घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि सुरक्षा देखि लिएर हरेक सेवा सुविधाको उचित व्यवस्थापन गर्नुपर्छ’, उनले थपे।

साउन २५, २०८१ शनिबार १२:४८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।