नमाज पढिरहेका बेला गाजाको विद्यालयमा इजरायली आक्रमण, एक सयभन्दा बढीको मृत्यु

नमाज पढिरहेका बेला गाजाको विद्यालयमा इजरायली आक्रमण, एक सयभन्दा बढीको मृत्यु

एजेन्सी : गाजाको एउटा विद्यालयमा आक्रमण हुँदा एक सय भन्दा बढी मानिसको मृत्यु भएको छ।

हमासको सिभिल डिफेन्स एजेन्सीले गाजाको एउटा विद्यालयमा बनाइएको आश्रयस्थलमा इजरायली आक्रमणमा परी एक सय जनाभन्दा बढी मानिसको मृत्यु भएको अलजजिराले जनाएको छ।

इजरायली सेनाले विद्यालयमा सञ्चालित हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको जनाएको छ।

प्यालेस्टाइनबाट विस्थापित मानिसहरूलाई राखिएको विद्यालयमा नमाज पढिरहेका बेला तीन वटा इजरायली रकेटले आक्रमण गरेको थियो।

यसअघि टेलिग्राममा एउटा पोस्टमा सिभिल डिफेन्सका प्रवक्ताले यसलाई ‘नरसंहार’ भनेका थिए।

इजरायली सेनाले अल-ताबाइन स्कूलमा रहेको हमास कमाण्ड एण्ड कन्ट्रोल सेन्टर भित्र सञ्चालित हमास आतंककारीहरूलाई आक्रमण गरेको बताएको छ।

साउन २५, २०८१ शनिबार १२:०५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।