बंगलादेशमा अन्तरिम सरकारबारे बोल्यो अमेरिका

बंगलादेशमा अन्तरिम सरकारबारे बोल्यो अमेरिका

एजेन्सी : अमेरिकाले बंगलादेशमा अन्तरिम सरकार बनेकोमा स्वागत गरेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बंगलादेशको अन्तरिम सरकारका सम्बन्धमा मोहम्मद युनुसलाई स्वागत गरेका हुन्।

एन्टोनी ब्लिन्केनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्न सपथ लिएकोमा स्वागत गर्दछु। शान्तिका लागि अमेरिकाले उनीहरूको अपिललाई समर्थन गरेको छ।’

ब्लिन्केनले अगाडि भने, ‘संयुक्त राज्य अमेरिका बंगलादेशका जनताको लोकतान्त्रिक र समृद्ध भविष्यका लागि बंगलादेशसँग काम गर्न प्रतिबद्ध छ।’

पूर्वप्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार गठन भएको छ।

नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनाइएको छ।

राष्ट्रपति मोहम्मद शाहबुद्दीन, सैनिक नेता र विद्यार्थी नेताहरूबीचको बैठकपछि प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा मनोनित गर्ने निर्णय भएको हो।

साउन २५, २०८१ शनिबार ०९:१९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।