पुरुष भएको विवादबीच पेरिस ओलम्पिकमा इमान खलिफाले जितिन् स्वर्ण

पुरुष भएको विवादबीच पेरिस ओलम्पिकमा इमान खलिफाले जितिन् स्वर्ण

एजेन्सी : लैङ्गिक विवादमा परेकी अल्जेरियन बक्सर इमान खलिफाले पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेकी छन्।

एक वर्षअघि उनी लैङ्गिक योग्यता परीक्षामा असफल भएपछि विश्व बक्सिङ च्याम्पियनसिपबाट अयोग्य घोषित भएकी थिइन्।

पेरिस ओलम्पिकको ६६ केजी तौल समूहको महिला बक्सिङ प्रतियोगितामा इमान खलिफले यो स्वर्ण पदक जितेकी हुन्।

खलिफाले चिनियाँ बक्सर याङ्ग्या लिउलाई हराउँदै स्वर्ण पदक जितेका हुन्।

‘यो मेरो सपना थियो र म धेरै खुसी छु’, इमान खलिफाले बीबीसीलाई बताइन्, ‘यो मेरो आठ वर्षको कडा परिश्रम हो, म अल्जेरियाका जनतालाई धन्यवाद दिन्छु।’

‘म मेरो प्रदर्शनबाट धेरै खुसी छु, म एक साहसी महिला हुँ’, खलिफाले भनिन्।

पेरिस ओलम्पिकमा इमान खलिफ र इटालियन बक्सर एन्जेला कारिनीबीचको खेलपछि खलिफालाई लिएर विवाद सुरू भएको थियो ।

इमान खलिफा पुरुष रहेको बताइएको छ। खलिफ र करिनीबीचको खेल ४६ सेकेण्डमा सकिएको थियो। खेलपछि करिणीले भनेकी थिइन्, ‘मैले ज्यान जोगाउनु पर्यो।’

त्यसपछि सामाजिक सञ्जालमा बहस सुरू भएको थियो। त्यसकारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले इमान खलिफाले नियमअनुसार खेलिरहेको भन्दै विज्ञप्ति जारी गर्नुपरेको थियो।

साउन २६, २०८१ शनिबार ०८:३५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।