ब्राजिलमा जहाज दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाकै मृत्यु

ब्राजिलमा जहाज दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाकै मृत्यु

एजेन्सी : ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य चढेको विमान दुर्घटना भएको छ। दुर्घटनामा परी ६१ जनाकै मृत्यु भएको छ।

भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरे।

डबल इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको मुख्य विमानस्थलका लागि उडेको थियो। विमान भिन्हेदो शहरमा नै दुर्घटनाग्रस्त भएको हो।
साओ पाउलोको दमकल विभागले घटनास्थलमा सात दमकल पुगेको र थप जानकारी आउने क्रममा रहेको जनाएको छ। 

स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन्। विमान आवासीय क्षेत्रमा खसेको भए पनि त्यहाँका कोही मानिस घाइते नभएको बीबीसीले जनाएको छ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ। घटनास्थलमा प्रहरी र दमकल पुगेका छन् भने स्थानीय अस्पताललाई सचेत गराइएको जनाइएको छ।

साउन २५, २०८१ शनिबार ०७:१५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।