एनआईएमबी बैङ्कले एमजी इलेक्ट्रिक गाडीमा वित्तीय सुविधा दिने

एनआईएमबी बैङ्कले एमजी इलेक्ट्रिक गाडीमा वित्तीय सुविधा दिने

काठमाडौँ : नेपालमा एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउंट मोटर्स प्रालिले एनआईएमबी बैङ्कसँग इलेक्ट्रिक गाडीहरूमा ८०% सम्मको वित्तीय सुविधा उपलब्ध गराउने साझेदारी घोषणा गरेको छ।

साझेदारीअन्तर्गत, एमजी इलेक्ट्रिक गाडीहरू एमजी जेडएस ईभी, एमजी ४ ईभी र एमजी कमेट ईभी समावेश रहेको कम्पनीले जानकारी दिएको छ। यी गाडी किन्न इच्छुक ग्राहकहरूले एनआईएमबी बैङ्कको कुनै शाखाबाट सरल वित्तीय विकल्प प्राप्त गर्न सक्ने समझदारीमा उल्लेख छ।

बैंकले प्रतिस्पर्धी ब्याज दर र अनुकूलनशील सर्तहरूसँग इलेक्ट्रिक गाडीहरूको लागि ८०% सम्मको वित्तीय सहायता प्रदान गर्ने समझदारीबारे जारी विज्ञप्तिमा उल्लेख छ।

समझदारी अनुसार एनआईएमबी बैंकले एमजी इलेक्ट्रिक गाडीहरूको लागि आकर्षक ब्याज दरसहितको अटो लोन प्रदान गर्नेछ, जुन आधार दरमा १.००% प्रिमियम प्रति वर्ष जोडिएको हुनेछ।

२०% अग्रिम भुक्तानी गरेर ग्राहकहरूले कुनै पनि एमजी इलेक्ट्रिक गाडी किन्न सक्नेछन्। लोनका लागि आवेदन आएको तीन दिनभित्र स्वीकृत गरिने समझदारीमा उल्लेख छ।

साउन २५, २०८१ शुक्रबार २०:४३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।