भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार नेपाल आउने

भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार नेपाल आउने

काठमाडौँ : परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणमा आउने भएका छन्।

उनी आइतबार नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। नेपाल भ्रमणको क्रममा उनले उच्चस्तरीय भेटघाटको साथै दुई देशका परराष्ट्र सचिवको बिचमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने र पारस्परिक लाभकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल हुने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले यसलाई दुई छिमेकी देशबिचको नियमित भ्रमण रहेको बताएको छ। मन्त्रालयका अनुसार उनी साउन २८ मा भारत फर्किने छन्।

नेपाल भ्रमणमा रहँदा उनले को कसलाई भेट्नेछन् त्यो विषय भने खुलाइएको छैन। विज्ञप्तिमा केवल उच्चस्तरीय भेटघाट मात्र उल्लेख गरेको छ। 

साउन २४, २०८१ शुक्रबार २०:३३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।