सहकारी छानबिन समितिले गोरखा बचत र गोरखा सेभिङका पदाधिकारीसँग सोधपुछ गर्‍यो,सूचीमा लामिछाने पनि

सहकारी छानबिन समितिले गोरखा बचत र गोरखा सेभिङका पदाधिकारीसँग सोधपुछ गर्‍यो,सूचीमा लामिछाने पनि

काठमाडौँ : सहकारीमा भएको बचत अपचलनको छानबिन गर्न गठित संसदीय समितिले गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष डम्बर बहादुर तामाङ र गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमान सिंह राइसँग सोधपुछ गरेको छ।

शुक्रवार समितिले दुवै सहकारीसँग सम्बन्धित अधिकारीहरूसँग सोधपुछ गरेको हो। समितिका सभापति सूर्य थापाका अनुसार उनीहरूले ऋणीहरूबाट ऋण उठाउने र ऋण असुलीका लागि सरकार, बैङ्क, समस्याग्रस्त व्यवस्थापन समितिले सहयोग गर्ने हो भने सहकारी अगाडि बढाउन सकिने बताएको जानकारी दिए।

उनले  लालीगुराँस र गौतमश्री लगायतका थप संस्थाका अध्यक्षहरूसँग सोधपुछ गर्ने क्रम जारी रहेको जानकारी दिए।

समितिले पूर्व गृहमन्त्री रवि लामिछाने लगायतकाहरुसँग समेत सोधपुछको तयारी गरेको छ। सहकारीको रकम अपचलनमा लामिछाने संलग्न रहेकोबारे छानबिन गर्न तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागमा समिति गठन भएको थियो। समितिले लामिछाने जोडिएका सहकारीसँगै अन्य समस्याग्रस्त सहकारीको समेत छानबिन गर्ने क्षेत्राधिकार पाएको थियो।

समितीका संयोजक थापाले लामिछानेसँग गोर्खा मिडियाकोबारे बोलाएर सोधपुछ गर्ने भन्दै एक गतेभित्र सबैको बयान सक्काउने तयारी गरेको जानकारी दिए।

साउन २५, २०८१ शुक्रबार १८:३८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।