इजरायल जाने कामदार छान्न समिति गठन
काठमाडौँ : इजरायल जाने नेपाली कामदारको छनोट गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
नेपालबाट दीर्घकालीन स्याहार केन्द्रमा इजरायल लैजान सहायक कामदारहरूको छनोट प्रक्रियामा पेस भएका कागजातबारे छानबिन गर्न समिति गठन गरेको हो।
छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकताको जाँच गर्न र समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको हो।
नेपाल र इजरायलबिच ‘जी टु जी’ प्रक्रियाबाट कामदार लैजान सहमति भएको थियो।
साउन २५, २०८१ शुक्रबार १७:०९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।