बाढी, पहिरोमा परेर १७० जनाको मृत्यु, सात प्रदेशमा ४८ जना बेपत्ता

बाढी, पहिरोमा परेर १७० जनाको मृत्यु, सात प्रदेशमा ४८ जना बेपत्ता

काठमाडौँ : अविरल वर्षाको कारण गत जेठ २८ देखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रवार दिउँसोसम्म १ सय ७० को मृत्यु भएको छ।

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा ६, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० गरी १ सय ७० जनाको मृत्यु भएको हो।

काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा ५३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा २ सय ३ घाइते भए।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा २, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ गरी १ सय १२ जनाको उद्धार गरिएको छ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा १, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ गरी ४८ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन्। २ सय ७० वटा घर, १ सय २ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

७ सय ६४ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ९७ घर परिवार विस्थापित भएका छन्।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ।

साउन २४, २०८१ शुक्रबार १६:५१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।