'प्राधिकरण ४७ अर्ब सञ्चित नाफामा हुँदा पनि बैंकक्रप्ट हुन लाग्यो भनेर हल्ला गरे' : कुलमान

'प्राधिकरण ४७ अर्ब सञ्चित नाफामा हुँदा पनि बैंकक्रप्ट हुन लाग्यो भनेर हल्ला गरे' : कुलमान

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाबारे भ्रम फैलाइएको भन्दै उनले ‘केवल कागजमा मात्र देखिने नाफा नभएको’ दाबी गरेका छन्।

शुक्रवार आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेर उनले प्राधिकरणको आम्दानी र खर्चसहितको विवरण सार्वजनिक गरेका हुन्।

अहिले प्राधिकरण सरकार र संसदीय समितिसँग डेडिकेटेड र ट्रङ्क लाइन शुल्कको विवादमा घेरिएको छ। बिहीबार मात्र प्राधिकरणले सार्वजनिक लेखा समितिमा डेडिकेटेड र ट्रङ्क लाइनका सबै कागजपत्र पठाएको थियो। शुक्रवार उनले अकस्मात् पत्रकार सम्मेलन आयोजना गरेर प्राधिकरण बैंकक्रप्ट हुने अवस्थामा छ भन्दै भ्रम फैलाएको दाबी गरे।

उनले अहिले प्राधिकरण ४७ अर्ब सञ्चित नाफामा रहेको र यो पूर्याउँदा करिब ८२ अर्ब नाफा देखिएको दाबी गरे।

‘यो त्यतिकै नाफा भएको हैन। डेडिकेटेड ट्रङ्क लाइनको बिलको पनि केही अंश होला। तर सबै हैन। महालेखा परीक्षकबाट हरेक वर्ष गरेको अडिटबाट आएको विवरण झुटो त नहोला’ उनले भने।

उनले तीन पटक गरेर २५ प्रतिशत महसुल घटाउँदा पनि प्राधिकरण नाफामै रहेको बताए। ५९ लाख ग्राहक रहेकोमा २२ लाख ग्राहकलाई ३० रुपैंया प्रतियुनिट शुल्कमा विद्युत् उपलब्ध गराएको, । सिचाइमा प्रति युनिट दुई रुपैंया शुल्क लिइरहे पनि प्राधिकरण नाफामै रहेको बताए।

प्राधिकरणले वित्तीय तथा आर्थिक दायित्व ढुक्कले बेहोर्न सक्ने अवस्थामा रहेको भन्दै प्राधिकरण बैङ्क क्रप्ट हुने अवस्थामा छ भन्ने हल्ला मात्र भएको बताए।

१० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गरेर सङ्कलित रकम ठुला विद्धुतिय योजनामा लगानी गर्ने तयारीमा रहेको र सहायक कम्पनीहरूमा समेत ५६ अर्ब लगानी गरेको उनले बताए।

‘प्राधिकरणको नाफा कुनै कागजी नाफा हैन’ उनले पत्रकार सम्मेलनमा बारम्बार भने। सम्पत्ति एक खर्ब १६ अर्बबाट उँभो लागेर ६ खर्ब नाघिसकेको, भारतमा विद्धुत निर्यातको परिणाम बढ्दा

१७ अर्ब सात करोड आम्दानी भएको र १६ अर्ब ९३ करोडको विद्धुत आयात गरिएको भन्दै नेपाल अब निर्यातकर्ता बनेको बताए।

उनले बङ्गलादेशमा विद्युत् निर्यातको त्रिपक्षीय सम्झौताको अवस्थामा रहेको र बंगलादेशमा बदलिएको राजनीतिक अवस्थाका कारण ढिलाइ भएको बताए।

साउन २४, २०८१ शुक्रबार १४:१६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।