प्यूठानको बिजुवारमा प्रभु बैंकको ३१५औं शाखा सञ्चालन
काठमाडौं : प्रभु बैंकले प्यूठान नगरपालिका-४ बिजुवारमा ३१५औं शाखा सञ्चालनमा ल्याएको छ।
व्यावसायिक सञ्जाल विस्तार गर्ने क्रममा बैंकले बिजुरावारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। शाखाको जिल्ला समन्वय समिति प्रमुुख धरमबहादुर जीसीले उद्घाटन गरे।
बिजुवार शाखा मार्फत स्थानीय सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ।
साउन २४, २०८१ शुक्रबार १३:३९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।