टुकुचामाथिको सडक भासिएपछि बोले बालेन- ‘खोलामाथि पुल बन्नुपर्छ, घर र बाटो होइन’

टुकुचामाथिको सडक भासिएपछि बोले बालेन- ‘खोलामाथि पुल बन्नुपर्छ, घर र बाटो होइन’

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले खोलमाथि सडक र घर नभएर पुल मात्र बन्नुपर्ने बताएका छन्।

शुक्रबार विहान महानगर छेउकै सडक भासिएपछि बालेनले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन्।

उनले भने, ‘मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन।’

उनले टुकुचामाथिको घर र सडकमा जोखिम भएकाले महानगरले खोल्ने काम सुरु गरे पनि अदालती कारणले रोकिन परेको बताए।

अदालतको आदेशपछि महानगरले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको छ।

महानगर प्रमुख बालेनले सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताएका छन्।

संघ सरकारले उचित क्षतिपूर्ति र मुआब्जाको व्यवस्था गरेपछि महानगरले खोला खोल्ने काम तुरून्त अगाडि बढाउने उनको भनाइ छ।

साउन २४, २०८१ शुक्रबार ११:५५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।