दिल्लीका उप मुख्यमन्त्रीलाई रिहा गर्न सर्वोच्चको आदेश

एजेन्सी : भारतको सर्वोच्च अदालतले शुक्रबार दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियालाई रिहा गर्न आदेश दिएको छ।
सर्वोच्च अदालतले सिसोदियालाई आफ्नो राहदानी बुझाउन सरकारलाई बुझाउन भन्दै १० लाख धरौटीमा छाड्न आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि पनि ट्रायल कोर्ट, हाईकोर्ट र सर्वोच्च अदालतमा मनिष सिसोदियाको जमानत याचिका धेरै पटक खारेज भइसकेको छ।
सिसोदियालाई गत वर्ष फेब्रुअरी २६ मा सीबीआई र त्यसपछि ९ मार्चमा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो।
सीबीआईले एक विज्ञप्ति जारी गरी सिसोदियालाई दिल्लीको मदिरा नीतिको पालनामा अनियमितता भएको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको थियो।
साउन २५, २०८१ शुक्रबार ११:४५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।