१५ सय रुपैयाँले बढ्यो सुन
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रूपैयाँले बढेको हो।
बिहीबार प्रतितोला १ लाख ४६ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलाको १ लाख ४८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी,आज चाँदीको मूल्य भने घटेको छ।
बिहीबार तोलामा १ हजार ६ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले बढेर घटेर १ हजार ७ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।
साउन २४, २०८१ शुक्रबार १०:५२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।