कमलादीमा सडक भासियो

कमलादीमा सडक भासियो

काठमाडौं : काठमाडौंको कमलादीमा सडक भासिएको छ।

दरबारमार्गबाट काठमाडौं प्लाजा जोड्ने सडक कमलादीस्थित प्रज्ञा प्रतिष्ठान पछाडि शुक्रबार विहान भासिएको हो।

 टुकुचा खोलामाथि रहेको यो सडक भासिएसँगै त्यहाँ आवतजावत ठप्प भएको छ।

दरबारमार्गबाट कमलपोखरी जाने सवारीलाई नारायणहिटीको मुख्य ढोका हुँदै डाइभर्सन गरिएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।

यसअघि काठमाडौंको नयाँबजारमा मेलम्ची खानेपानी आयोजको पाइप फुटेर सडक भासिँदा मोटरसाइकलसहित एक व्यक्ति उक्त खाडलमा परेका थिए। 

साउन २४, २०८१ शुक्रबार १०:०२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।