डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच १० सेप्टेम्बरमा लाइभ टिभी बहस हुने

डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच १० सेप्टेम्बरमा लाइभ टिभी बहस हुने

एजेन्सी : अमेरिकी राष्ट्रपतिका उम्मेदवारद्वय डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच सेप्टेम्बर १० मा बहस हुने भएको छ।

ट्रम्पले बिहीबार नोभेम्बरको चुनाव अघि आफू डेमोक्र्याटिक प्रतिद्वन्द्वी सँग कयौं पटक बहस गर्न तयार रहेको बताएपछि एबीसी न्यूज नेटवर्कले सामाजिक सञ्जालमा एक्समा यसको पुष्टि गरेको हो।

‘हामीलाई लाग्छ कि हामीले तीनवटा बहस गर्नुपर्छ,’ दुई थप बहसको सुझाव दिँदै उनले भने, ‘फक्स न्यूज र एनबीसीले क्रमशः अरु दुई बहस होस्ट गर्नेछन्।’

ह्यारिसले बिहीबार मिशिगनको एक कार्यक्रममा एबीसी बहसमा भाग लिने पुष्टि गर्दै थप बहसका लागि आफू खुला रहेको बताएकी छन्।

बहस वर्ल्ड न्यूज टुनाइटका एन्कर एवं प्रबन्ध सम्पादक डेभिड मुइर र एबीसी न्यूज लाइभ प्राइम एन्कर लिन्से डेभिसले सञ्चालन गर्नेछन्।

रिपब्लिकन उम्मेदवार ट्रम्पले जुनमा एक पटक राष्ट्रपति जो बाइडेनसँग बहस गरेका थिए।

यी दुईले सेप्टेम्बर १० मा फेरि त्यसो गर्ने भनिएको थियो। तर, लाइभ टेलिभिजन बहसमा बाइडेन निकै कमजोर देखिएपछि उनकै पार्टीका सदस्यहरूले पनि उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए।

त्यसपछि बाइडेनले कमला ह्यारिसलाई राष्ट्रपतिको रूपमा घोषणा गर्दै मार्गप्रशस्त गरेका थिए।

साउन २४, २०८१ शुक्रबार ०९:४८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।