कोका-कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्रामका विजेता घोषणा
काठमाडौं : कोका-कोलाले, एटेलियर प्लेटफर्मसँगको साझेदारीमा, सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ को विजेता घोषणा गरेको छ।
नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उदेश्यले सुरु भएका कार्यक्रमको बिहीबार एक कार्यक्रमका बीच विजेता घोषणा गरिएको हो।
अप्रिल २०२४ मा घोषणा भएको कार्यक्रमले काठमाडौं, पोखरा, चितवन, नेपालगन्ज र जनकपुरबाट १० फाइनलिस्ट चयन भएका थिए।
कार्यक्रमभर फाइनलिस्टहरूले लिङ्ग, विविधता, समानता, समावेशीकरण जस्ता आवश्यक विषयहरू समेटेर सम्मानित सल्लाहकारहरूको अवलोकनमा रहेर विभिन्न सेशनहरूमा भाग लिएका थिए।
निर्णायकहरूको प्यानलमा ब्लिट्ज मिडिया प्रा.लि की फाउण्डर र म्यानेजिङ्ग डाईरेक्टर र स्टार्ट–अप र इनोभेसन फोरम, एफएनसीसीआईकी चेयरपर्सन, जुना माथेमा, हर्वेद बोटानिकलकी फाउण्डर, डा. प्रतिभा पाण्डे र कोका-कोला बेभरेजेज नेपालकी पब्लिक अफेयर्स, कम्युनिकेशन एण्ड सस्टेनेबिलिटि डाईरेक्टर स्नेह राजभण्डारी थिए।
निर्णायकहरूले रोजी महर्जनको नेतृत्वमा रहेको प्रोजेक्ट ग्रीन सर्कल, श्रेया मल्ल र शालु थापाको नेतृत्वमा रहेको पाल र प्रतिमा बस्याल र प्रियांशु कायस्थको नेतृत्वमा रहेको पासा नापालाई विजेता घोषणा गरिएको थियो।
साथै प्रत्येक व्यवसायले एक लाख रुपैयाँको नगद पुरस्कारसमेत प्राप्त गरेका छन्।
साउन २५, २०८१ शुक्रबार ०९:१९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।